महानगरको पार्किङ व्यवस्थापनमा उद्योग वाणिज्य संघको आपत्ति, सदस्यहरुलाई छलफलमा बोलायो

पाेखरा | माघ १८, २०७९

महानगरको पार्किङ व्यवस्थापनमा उद्योग वाणिज्य संघको आपत्ति, सदस्यहरुलाई छलफलमा बोलायो

पोखरा:    पोखरा महानगरपालिकाले २३ गतेदेखि लागू गर्ने पार्किङ प्रति पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । 


पोखरा महानगरपालिकाले माघ २३ गतेदेखि पृथ्वीचोक, सभागृहचोक, न्यूरोड चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजारको सडकमा सवारी पार्किङ निषेध गर्ने निर्णय गरेपछि पोखरा उद्योग वाणिज्य संघले आज (बुधबार) ध्यानाकर्षणपत्र जारी गर्दै आपत्ति जनाएको हो  । 


संघका अध्यक्ष पवन प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रका भनिएको छ, ‘पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थान हाम्रो चासो र सरोकार हो । संघ, महानगरबाट असल नियतले अगाडि सारिएको यो अभियान सह्राना गर्छ तर यस्तो निर्णयले गम्भीर र दीर्घकालिन महत्वको निर्णय लिदा सरोकारवाला सहयात्री पोखरा उद्योग वाणिज्य संघको परामर्श नगरिनुले दुखित तुल्याएको छ । ’


पोखरा महानगरपालिकाले व्यवस्थापन गरेका पार्किङ स्थलले अहिलेको सवारी चाप  धान्न सक्छ ? के हतारमा निषेधित क्षेत्र घोषणाअभि विकल्पबारे सोच्न सकिदैनथ्यो ? के अहिले गरिएको निर्णयमा अभ्यस्त हुन व्यवसायी र सर्वसाधारणलाई पर्याप्त समय प्रदान गरिएको छ ? प्रश्नले हामीले  झस्काएको छ प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ । 


पोखरा उद्योग वाणिज्य संघले महानगरले गरेको पार्किङ निषेधित गर्ने निर्णय संसोधन गर्न माग समेत गरेको छ । संघले पार्किङको दीर्घकालिन समाधान खोजिनुपर्छ र सरकारबाट गरिने निर्णयबाट उपभोक्ता तथा व्यवसायी प्रतावित बन्नु हुँदैन भन्दै व्यवसायिक तथा सार्वजनिक सरोकार विषयमा निजी क्षेत्रसँग विस्तृत छलफल गरेर मात्र लागू गर्न माग गरेको छ । 


संघले कोभिड १९ को महामारी, बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरबाट थला परेको व्यवसायीहरुलाई महानगरको निर्णयले असर पु¥याउने तर्फ ध्यान नदिएको पत्रमा उल्लेख गरिएको छ । 


यस्त महानगरको पार्किङ व्यवस्थापनमा उद्योग वाणिज्य संघको आपत्ति जनाउँदै सदस्यहरुलाई छलफलमा बोलाएको छ । संघले बैंक तथा वित्तिय संस्था सम्बन्धी समस्या एवं आर्थिक अन्यौलता र पोखरा महानगरपालिकाद्धारा लागू गर्न लागिएको मूख्य सहरी क्षेत्रको सडकमा पार्किङ्ग निषेधको विषयमा छलफल गर्न सदस्यहरुलाई आह्वान गरेको छ । 

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्